धनुषा एमाले नेतृत्व छनोटमा विवाद : बन्दसत्र सुरु नहुँदा कार्यकर्ता अलमलमा

नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका रहेको थियो । तर मंगलबार बेलुकासम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन ।नेताहरुबीच कसलाई अध्यक्ष बनाउने भन्नेमा सहमति जुट्न नसक्दा बन्दसत्र नै प्रभावित भएको हो । सहमति जुटाउन शिर्ष नेताहरु अध्यक्षका आकांक्षीसहित एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । एमाले धनुषाको अध्यक्ष पदका लागि वर्तमान अध्यक