रेशम चौधरीलगायतकाे मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति

काठमाण्डाै – सरकार र थारु कल्याणकारिणी सभाबीच रेशम चौधरीलगायतमाथि लागेको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ ।  थरुहट/थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनिराम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको हो ।  त्यस्तै थरुहट/थारुवान आन्दोलनका क्रममा ज्यान गुमाइ राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्न...

सम्बन्धित सामग्री

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता निम्तायो : महन्थ ठाकुर

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन्। सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि बताए। उनले संविधान संशोधन, मधेश आन्दोलनकारी माथि लगाइएको झुठा मुद्दा फिर्ता लिन माग गरे।

‘थारूविरुद्ध लगाइएका मुद्दा फिर्ता हुन्छन्’

काठमाडौं : सरकार र थारू कल्याणकारिणी सभा थरूहट थारूवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति भएको हो।आन्दोलनका क्रममा शहीद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेको उपचार गर्ने र आन्दोलनमा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन ग

टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीसहितको मुद्धा फिर्ता र रिहाईको तयारी

काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।

जसपाका महन्थ पक्ष आठ मन्त्रालय र दुई राज्यमन्त्रीसहित सरकारमा जाने

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आठमन्त्री र दुईराज्यमन्त्रीसहित सरकारमा जाने भएको छ। प्रधानमन्त्री केपी ओलीले जसपाका अधिकांश माग पूरा गरेपछि संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति बनेको जसपाका एक सांसदले देखापढीलाई बताए। उनले भने, ‘संविधान संशोधनका लागि कार्यदल गठन, मुद्दा फिर्ता र नागरिकता अध्यादेश आएपछि माग पूरा भएकै छ। अब सरकारमा जाने वातावरण बनेको छ।’

टीकापुर घटनाको मुद्दा फिर्ता हुँदैन : महान्यायाधिवक्ता

सरकारले जनता समाजवादी पार्टी (जसपा) का सांसद रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नसक्ने भएको छ । महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनमा भएको व्यवस्था हेर्दा चौधरीको मुद्दा फिर्ता लिन नसक्ने अवस्था रहेको बताएका हुन् ।

यी हुन् सरकारले मुद्दा फिर्ता लिएका जसपाका १२० नेता/कार्यकर्ता [सूची]

सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।  ‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।  जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता ग...

मधेश आन्दोलनसँग सम्बन्धित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।  ‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।  जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता ग...

सरकारमा जान सांसद चौधरी रिहा हुनुपर्छ : जसपा

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाइ, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा […]