राजु र करणको 'धन्यवाद'

गायक राजु लामा र 'द भ्वाइस अफ नेपाल ४' विजेता करण राईले 'धन्यवाद'बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । राजुकै शब्द र संगीत रहेको गीतमा देवेश राईको एरेज र मिक्सिङ छ । गीतमा भने राजु र करणको स्वर समावेश छ ।