आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति एमालेले सुरु गर्‍याे : रिजाल

काठमाण्डाै – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठी प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इङ्गित गर्दै प्रधानमन्त्री छँदा जे भने पनि हुन्छ भन्ने किसिमका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर विना तुकका कुराहरू गरेको आ...