काठमाण्डाै - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई विश्वास गर्ने हो भने आज बिहीवार मन्त्रिपरिषद्ले पूर्णता पाउनुपर्ने हो ।
हिजो पार्टी स्थायी समिति बैठकमा प्रचण्डले बिहीवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिनुभएको थियो । तर प्रचण्डले भनेजस्तो आज मन्त्रिपरिषद्ले पूर्णता पाउने कुनै सङ्केत देखिएको छैन।
हिजो बेलुकी बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अरु दलहरुलाई मन्त्रीको सूची दिन...