कृषिमन्त्री खोज्दै सांसद

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गरेका छन्।शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्‌मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे।उनले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाव दिए। कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो।