म्यादी प्रहरीको विषयमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको सुरक्षार्थ खटाइएका म्यादी प्रहरीको सन्दर्भमा अश्लील शब्द प्रयोग गरेर भिडियो बनाइ युट्युब र फेसबुकमा राख्ने एक जना पक्राउ परेका छन् । म्यादी प्रहरीलाई युट्युबमार्फत विभिन्न आक्षेप तथा लाञ्छना लगाइ समाजमा अपाच्य हुने शब्दहरूको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गर्ने र चुनावमा खटिएका सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो बनाएको आरोपमा हेटौँडाका नवीन खड्कालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई विद्युतीय कारोबार ऐ...