स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकाल सकिएपछि पनि कामचलाउ बनेर काम गर्न पाउने गरी ऐन संशोधन गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।
त्यसका लागि कानूनका कुन-कुन बुँदा संशोधन गर्नुपर्छ भनेर अध्ययन गर्ने र मस्यौदा तयार पार्ने काम गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भइरहेको छ ।
गृहमन्त्रालयको कानून शाखामा महान्यायाधिवक्ता खम्बबहादुर खाती र सत्ता गठबन्धन निकट कानून व्यवसायीलाई बोलाएर गृहमन्त्री खाँणले छलफल समेत गरिसकेका छन् ।
गृहमन्त्रालय स्रोतका अनुसार स्थानीय तहको निर्वाचन नभएसम्म पहिलाकै जनप्रतिनिधिले कामचलाउ हैसियतम...