बालुवाटारमा सधैं रमिता छ !

उहिले इन्द्रबहादुर राईले लेखेथे– आज रमिता छ । तर अहिले बालुवाटारमा त सधैं रमिता छ । उहिले ‘जसको तरबार उसैको दरबार’ भन्थे । तरबारवाजमध्ये सबैभन्दा तेज राजा वा मन्त्री हुन्थ्यो र ऊभन्दा कम तेजहरू भारदार बन्थे र भारदारका पनि आफ्नै भारदार हुन्थे । उहिलेका भारदार र अहिलेका सरदार अर्थात् नेतामा खास फरक छैन । उहिले सत्ता पाउन तरबार चलाउने भारदारहरू जम्मा गर्नुपर्थ्यो, अहिले एकातिर तर मार्नेहरू र अर्काेतिर नारा लगाउने भाडाका मान्छेहरू जम्मा गर्न सक्नुपर्छ । अँ, अर्को पनि फरक छ उहिलेको र अहिलेको । उहिले कोतमा भारदार जम्मा हुन्थे, काटाकाट गर्थे, जित्नेले पगडी पाउँथ्यो र हार्नेहरू यमलोक पुग्थे । अहिलेका राजा र मन्त्रीले आफै लड्नु पर्दैन, लड्ने भिन्दै जत्था तयार छ । देख्नुभएन सधैं भिड्न तयार भारदारहरूको भीड ? पहिले स्याल र हनुमानका कथा लेखिन्थे, अहिले प्रत्यक्ष देखिन्छ । बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । उहिले भारदारबीच ‘जिरो सम गेम’ हुन्थ्यो । अर्थात् जित्नेले सबै पाउने, हार्नेले सबै गुमाउने । तर अचेल त्यस्तो छैन । जित्नले पनि हार्नेको भाग राखिदिएकै हुन्छ, ठेक्कापट्टामा जस्तै । एउटा ठालुलाई ज्वरो आयो भने अर्को ठालुलाई रातभर निद्रा लाग्दैन । झापाली काकाले आफूलाई दिनरात गाली गर्ने इलामे काकालाई कहिले दबाइदारुका लागि खर्च बेहोरेको त कहिले सर्प पाल्न करोडौं खर्च दिएको त देख्नु नै भएको होला नि । बूढानीलकण्ठका खास मान्छेलाई बालुवाटारले राजदूत बनाएको पनि थाहा नपाउने कोे छ र ? बाहिर मारामार गरे पनि भित्र त चाटाचाट पो गर्छन् त । हो, उहिले साँच्चै भिड्थे, अहिले भिडेजस्तो मात्र गर्छन् । पहिले गोलीले भिड्थे, अहिले गालीले भिड्छन् । तर भेडाहरू भने साँच्चिकै ठानेर भिड्न थाल्छन् अनि आपसमा पानी बाराबार गर्छन् । बोलचाल बन्द गर्छन् । तर माथिकाहरू भने भित्र बसेर मिलिजुली खाइरहेका हुन्छन् । उहिले हार्नेले कि त देश, नभए पनि उपत्यका त छाड्नैपथ्र्यो । अहिले त ‘त्यो पर्दैन’ । हार्ने र जित्नेले यही उपत्यकामा बसी बसी मोज गर्ने हो । हार्नेले पनि जित्नेलाई तुरुन्त बधाई दिन्छन् । तपाईं भन्नुहोला क्या संस्कारवान् रहेछन् । तर त्यस्तो होइन नि । यो बधाई दिने भनेको त मेरो भाग पनि सुरक्षित राखीदिनू है भनेको हो । ‘भागशान्ति जय नेपाल !’ भन्ने उखान त्यसै जन्मेको हैन नि । पछिल्लो लडाइँमा त्यस्तो भएनछ । यो चाहिँ गडबडीको संकेत हो । यसै हप्ता बालुवाटारमा केही मानिस छिरेका छन् । बालुवाटारमा नयाँ मान्छे आएपछि के के न चमत्कार हुने भो भनेर केही मानिस दुई दिन मच्चिन्छन्, अनि थच्चिन्छन् । तर बालुवाटारमा नयाँ मान्छे कहिले आएको छ र भन्या ? चन्दा दिने उही, ठेक्कामा पट्टाउने उही, कमिसनको घेरो उही हुन्छ । रमाउने उही, कमाउने उही, अनि जमाउने पनि उही । अनि कसरी नयाँ मान्नु ? यो पुरानो बोत्तलमा रक्सी फेरेजस्तो मात्रै त हो नि । अहिले जो आएका छन्, ती तीन वर्षअघि बालुवाटारमै थिए । त्यसअघि पनि कतिपटक त्यहीँ थिए । जो निस्किए ती पनि पाँच वर्षअघि त्यहीँ थिए, सात वर्षअघि पनि त्यहीँ थिए । उनीहरूका लागि बालुवाटार आलोपालो मात्र हो । कहिले दक्षिण त कहिले उत्तर फर्किने यिनको रामरमिता पनि पुरानै हो । हो, हिजो बा थिए आज दाइ आए । ‘हाम्रा दाइ आए’ भनेर अब त दाइँ गर्ने पालो हाम्रै हो भनेर भारदारहरू बेस्सरी उफ्रेका छन् । यसबीचमा केहीले प्रसाद पाउलान् पनि । तर धेरैका लागि त यो फुरफुरी केही दिनको मात्र हो । बाका भित्रिया र दाइका भित्रिया एकै भएको थाहा पाएपछि ती दाइका भैयादहरू आफू करिया मात्र भएको पनि चाल पाउँछन् । अन्तिममा कथाकी सतीलाई दोष लगाएर राम्रा मान्छेको यहाँ कदरै हुँदो रहेनछ भनेर गन्थन र मन्थन गर्न थाल्छन् ।    अहिले त बालाई ढालेर दाइ ल्याएँ भनी खुशी हुनेका घरमा पनि दशैं छ । उहिले भक्त प्रह्लादले बाउलाई र विभीषणले आफ्नै दाइ रावणलाई सिध्याएर आफै राजा भाथे रे भन्ने कथामा पढेको हो । तर यहाँ त आफ्नै घरमा आगो लगाएर खरानी खोज्ने पनि देखिए ! बालाई सकेर अर्काको दाइलाई पगडी बाँधिदिने किङमेकरहरू किङभन्दा बढी खुशी देखिए । यस्तो रमिता त बालुबाटारमा कति कति । सुराही र बाकस लिएर निस्कने सामन्तदेखि करोड पर्ने कारहरूको कारगेडमा निक्लने कामरेडसम्म । फरक समय, तर नियति उही, परिणति पनि उही ।    त्यसैले बालुवाटार फाल्ने, फालिने, आउने, जाने सबैका लागि खुशी रोप्ने, खुशी नै काट्ने एउटा साझा चौतारी हो । कमाउनेदेखि जमाउनेसम्मको त सम्पर्क कार्यालय नै हो क्यारे बालुवाटार । नपढीकनै प्राध्यापक बनेका, विज्ञता र विद्वत्ता नै नभए पनि विद्वान् बनेकाहरूका लागि त बालुवाटार सधै चाँदी कटाइ गर्ने ठाउँ हो । बिचरा पढाउने प्राध्यापक त चक डस्टर र ब्ल्याकबोर्डमै मस्त छन् । पढेकाहरू त्यही नपढेका बालुवाटारे विद्वान्का प्रपोजल लेख्नमै व्यस्त छन् । बालुवाटार भनेको वास्तवमा चाँदीटार हो, सुनटार हो, हीराटार हो, मोतीटार हो । गच्छे अनुसार जसले जे काट्न सक्दछ, बालुवाटारमा त्यही पाइन्छ । त्यहाँभित्र छिरेर हे¥यो भने अहोरात्र कुनै कुनामा चाँदी कटाइ भइरहेको हुन्छ, कुनै कुनामा सुन कटाइ भइरहेको हुन्छ, कुनै कुनामा हीरा कटाइ भइरहेको हुन्छ र कुनै कुनामा मानिसहरू मोती बटुलिरहेका हुन्छन् । यस्तो गज्जबको ठाउँ छ त नेपालमा अन्त कतै ?   त्यसैले त भनेको बालुवाटारमा सधैं रमिता छ !

सम्बन्धित सामग्री

सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए : गाेकुल बास्काेटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता […] The post सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए : गाेकुल बास्काेटा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई गोकुल बाँस्कोटाको व्यंग्य

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष पाेख्नु भएकाे छ । त्यस्तृ उहाँले सामाजिक सञ्जालमार्फत् नै प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई व्यंग्य गर्नुभएकाे छ । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘बालुवाटारमा रमिता […]

बालुवाटारमा रमिता छ-गोकुल बाँस्कोटा

काठमाडौं, १३ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमित रहेको बताएका छन् । नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्-” वालुवाटारमा रमिता छ।डेंगीको फैलावटले जनता हैरान छन।सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिए पछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन।देश जोगाउन माझी खोज्न […]

बास्काेटाले भने- बालुवाटारमा रमिता छ

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।  उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।  उनले आज सामाजिक सञ्...

बास्काेटाले भने- बालुवाटारमा रमिता छ

काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।  उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।  उनले आज सामाजिक सञ्...

सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएः गोकुल बाँस्कोटा

‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि काँग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’...

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन्’

काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान […]

सरकार चलाउन सिकाउनेलाई देउवाले तोरीको फूल देखाइदिए: गोकुल बास्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ । डेङ्गीको फैलावटले जनता हैरान छन् […]

एमसीसीको भूमरीमा देश

सुजन दाहालविश्वको सर्वशक्तिमान अमेरिका जे भन्छ त्यो गर्दैन, जे गर्छ त्यो भन्दैन । युक्रेनलाई हेर्ने हो भने यो भनाई सिद्ध हुन्छ । त्यस्तो डरलाग्दो विदेश नीति र व्यवहार भएको देशबाट संचालित एमसीसी परियोजनाले नेपालका शीर्ष नेताहरुको भोक निद्रा हरण गरिदिएको छ । यसका लागि नेताहरुको दौडधुप नेपालीको लागि रमिता भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा ओली निवासमा, पुष्पकमल दाहाल बालुवाटारमा, माधव कुमार नेपाल र पुष्पकमल दाहाल भेट, केपी ओली बालुवाटारमा भन्ने समाचार यति धेरै आए कि नेपालीलाई यो समाचारले एक प्रकारले एलर्जी नै भयो । बिषय हो एमसीसी, जुन संसदमा टेवल भयो र सम्भवतः आज नै पारित हुदैछ । नेपाली काग्रेस त सुरुदेखी नै एक पक्षिय रुपमा एमसीसीको पक्षमा खुलेर आयो र संससदमा टेवल गर्न सफल पनि भयो । एमसीसी संसदमा टेवल नै गर्न नदिने अडान राखेका पुष्पकमल दाहाल र माधव नेपालको निद्रा त्यतिखेर हरायो जव प्रमले बालकोटमा गएर ओलीललाई भेटे । त्यसपछि पुष्पकमल दाहाल र माधव नेपालहरु झस्किए । गठबन्धन टुट्ला कि भनेर ।उनीहरुले आफनो आफ्नो पार्टीको बैठक राखे र एमसीसी संससदमा टेवल गर्न दिने तर पास नगर्ने रिजर्रवेशन राखे । सोही अनुसार बाहिर कुर्लिए । परिस्थिती अनुकुल नभएकाले सरकारले संसद बैठक स्थगित गर्न अनुरोध गर्र्दै आयो । र प्रमले पुष्पकमल दाहाल र माधव नेपालको भरपर्दो भरोषा नभएकोले ओलीसंग कुराकानी अगाडी बढाउदै जाँदा आउदो चुनावलाई विचार गर्दै गठबन्धन भत्कियो भने चुनावबाट सकिनेछौ कि भन्ने भयले गर्दा राष्ट्रको होइन आफ्नो भविस्यलाई सम्झेर ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गराउने निचोडमा पुष्पकमल दाहाल र माधव नेपाल पुगे । नेपाली जनतालाई एमसीसीको नाममा विभाजन गराउने पनि यिनै दलहरु हुन् । आज रोडमा जनतालाई उफारेर पुलिसको लाठी खुवाउने पनि यिनै दलहरु हुन् । एकातर्फ एमसीसी संसदबाट पास हुन हुदैन भनेर बुरुक्क बुरुक्क गर्ने र अर्कोतर्फ रोडमा आफ्ना कार्यकर्ता उफ्रार्ने यी दलहरुको डवल स्याण्र्डडले देशलाई क्षति भै रहेको छ । एमसीसीमा विदेशी हस्तक्षेप ज्यादा भयो । अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुको नेताहरुलाई फोन आएपछि माहोल तरङित भयो र सोही बेला त्यसको प्रतिक्रिया स्वरुप चीनको विदेश मन्त्रालयको प्रवत्ताबाट पराकम्प आयो । एमसीसी पास नहँुदा त यो स्तरको अमेरिका र चीनको दोहोरी चलेको छ । यदी एमसीसी पास भएर अगाडी बढ्दै गए पछि त यो देश अमेरिका र चीनको युद्ध मैदान बन्न सक्ने संकेत देखियो । अघिकांस जनता एमसीसी चाहिदैन भनिरहेका छन्, जनताबाट निर्वाचित नेताहरु एमसीसी चाहिन्छ भनेर पारित गर्ने अवस्थामा पुगे । जनताको आवाज विरुद्ध गएर नेताहरुले निर्णय गर्दैछन् । यो निर्णयले दुरगामी रुपमा देशलाई दुर्घटना तर्फ लाने निश्चित छ ।    अहिले दलका शीर्ष नेताहरुलाई भात पानी खाने फुर्सद पनि छैन । सवै नेताहरुलाई आफ्ना आफ्ना प्रभुहरुको आज्ञालाई शिरोधार्य गर्नु पर्ने बाध्यता पनि छ । अर्कोतर्फ मालिकले भनेको मात्र मानौ चुनाव पनि आउदै छ । वास्तवमा दलका नेताहरुलाई एमसीसी ‘खाउ भने दिनभरीको शिकार नखाउ भने कान्छा बाउको अनुहार’ भएको थियो तर अव निचोडमा पुग्यो । एमसीसीको न्यायोपनबाट कुनै शीर्ष नेताहरु अछुतो छैनन् । छेपारो प्रवृत्ति देखाएर जनताको अगाडी ठिक्क पारेका मात्र हुन् । सवै एउटै ड्याङका हुन् । जस्तो सुकै नाटक देखाएर भए पनि सदनबाट एमसीसी पारित हुने नै थियो । दलहरुको जनताको आँखामा छारो हाल्ने ओपन सेक्रेट कुरा आज गठबन्धनको एमसीसी पारित गर्ने निर्णय भए संगै छताछुल्ल भएको हो । यो सबै घटना र परिघटना शक्ति केन्द्रको डिजाइन र निर्देशन बमोजिम भई रहेको छ । एमसीसी पारित भए संगै यो देशमा दीर्घकालीन द्वन्दको बीउ रोपिन्छ । एमसीसीको विरुद्धमा रहेको चीनलले सगरमाथा लगायतको मुद्दा अगाडि ल्याउन सक्छ वा अन्य नयाँ मुद्धा सिर्जना गर्न सक्छ भने अमेरिकाले प्रजातन्त्र र मानव अधिकारको दुहाई दिदै आफ्नो स्वार्थ पूर्तिका लागि सहज बाताबरण प्राप्त गर्दछ । दुई महाशक्तिको चेपुवामा नेपाल गयो । एमसीसीका अधिकांश बुँदा राष्ट्रको हितमा छैनन । अमेरिकी अधिकारीहरुको अनुसार यो इन्डोप्यासेफिक रणनीति (आइपीएस) अन्तर्गतको परियोजना नै हो । एमसीसी एक स्वतन्त्र कम्पनी भनिए पनि यो अमेरिकी साम्राज्यवादको रणनीतिक हतियार नै हो । असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको नेपालले कसैको स्वार्थका लागि देशको सौदाबाजी गर्नु ठिक होइन । सार्वभौमिक समानता र स्वतन्त्रता नेपालसंग छ ।  नेपाललाई वैदेशिक सहयोग आवश्यक छ । तर सार्वभौम नेपाल र नेपालीको शीर गिर्ने गरीको सहयोग लिनु हुदैन । विदेशीसंगै कचौरा थापेर मागेकोे भिखले कतिन्जेल देश चलाउने । देशका शासकको अदुुर्दशिताको परिणाम देश गम्भिर मोडमा पुगेको छ । नेता कमजोर भै विदेशीसँग लम्पसार पर्दाको नियति जनताले भोगिरहेका छन । गाठाला र भजनमण्डलीका कारण राष्ट्रघाति सम्झौता एमसीसी पारित हुने भयो । प्रधानमन्त्री एमसीसी पास गराउन राष्ट्रको सम्पूर्ण दैनिक प्रशासन छाडेर दलहरुको छलफलमा मात्र केन्द्रित छन् । नैतिक रुपमा प्रम उनको पार्टीको सरकारको पालामा उनका मन्त्रीले गरेको सम्झौताको जिम्मेवारी लिन खोज्नु ठीकै होला तर अन्य माओवादी र नेकपा एस जस्ता दलहरुको पिपलपाते निर्णय र अडान एमसीसी पास गर्ने दिनसम्म पनि टिक्न सकेन । शब्द बचन र कर्मले सवै पर्टीहरुले जनताको जनादेश भन्दा बाहिर गएर एमसीसीको ड्रामा देखाए ।उमेरले नेटो काटेका, औषत आयु सकिएका, घाटले आईज आइज भनेर निम्तो गरिरहेका बृद्ध नेताहरुहरुको लोभि पानी मनका कारण राष्ट्र र राष्ट्रियतलाई संकटमा पारिदैछ । यीनीहरुले देशलाई चारैतिरबाट चिथोरिसके चुसिसके भन्ने भान नेपाली जनतालाई परेको छ ।संसारमा कुनै देश मागेर धनी भएको इतिहास छैन । अनुदानले केही समय व्यवहार चलाउने हो तर आफ्नो लागि आफैले सोच्नु पर्ने हुन्छ । हामी माग्ने कुरमा गर्भ गर्छौ । अन्य तमाम आम्दानीका बैल्कपिक स्रोत जुटाउन सक्ने अवस्था भए तापनी मागेर खान पल्किएकाले श्रम गर्न मन पराउदैनौ । यद्यपी देशको राष्ट्रियता, स्वाधिनता र अस्मितामाथि पहिलो खतरा यहीको लोन्डुपे प्रवृत्ति भएका नेताहरुबाट नै छ, । त्यसपछि मात्र अन्यबाट खतरा छ । एमसीसी खारेज पनि गर्न सकिन्छ जुन श्रीलंकाले ग–यो । राज्यको लागि एमसीसीको नाममा आउने पचाँस करोड अमेरिकी डलर ठूलो रकम होइन । यति धोरै सहयोगको नाममा राष्ट्रलाई दूरगामी असर पर्ने काम कोही कसैबाट गर्नु भविस्यका सन्ततीहरु प्रतिको गद्धारी हो । अव एमसीसी पारित हुनु एमसीसी पक्षधरको हालको जित हो । तर त्यसमा मलामी जाने र राष्ट्रवादीका बीचमा द्वन्द्व हुनेछ । भुराजनैतिक रुपमा संवेदनशील यो देश विदेशीहरुको क्रिडास्थल बन्ने अव निश्चित भयो अमेरिकाले यो परियोजना हाम्रो मायाले दिएको होइन । उसको सामरिक महत्व र चीनमाथिको नियन्त्रण नै प्रमुख उदेश्य हो । संसार भरी अमेरिकाले नजर लाएको देशमा उसले कुनै न कुनै वितण्डा गरेर नै छाडेको पाइन्छ । आवरणमा देखाउनलाई विकास भनिए पनि अमेरिकाको कथाकथित षडयन्त्रमा अव देश गयो ।असमान रुपमा गरिएको एमसीसी सम्झौता सम्पूर्णतामा अध्ययन गर्दा धेरै धाराहरुमा नेपाललाई अपमान गरिएको, कानूनी जटिलताले भरिएको, बौद्धिक सम्पती सम्वन्धी असमान नीति, अडिटको एकलौटी व्यवस्था, सम्झौताको कार्यकालको अनिश्चितता आदीलाई हेर्दा देशलाई समृद्धिभन्दा हानी हुने देखिन्छ । जनताको विरोधको बाबजुत जुन एमसीसी पारित गरिदै छ योे सदा सर्वदा देश र जनतामाथिको धोकाधडी र गद्दारी हो । माओवादी केन्द्र, नेकपा एस जस्ता पिपलपाते पार्टीहरुको एक राते अडानका कारण एमसीसी पारित हुन सहज भयो । अव विस्तारै यसका पराकम्पनहरु बढदै जानेछन् र त्यसको भूमरीमा देश फस्नेछ ।