सहकारीको ब्याजदर वृद्धि गर्न चाहँदैनौँ : अध्यक्ष कँडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले ब्याजदर वृद्धि गर्न नचाहेको जिकिर गरेका छन् । आइतबार ललितपुरमा आयोजित महासंघ र सहकारी पत्रकार समाज (सीजेएन) को संयुक्त छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले अभियानले सहकारीको ब्याजदर वृद्धि गरेर सदस्यहरुको ढाँड सेक्न नचाहेको तर परिस्थितिको दबाबका कारण बढाउनु परको बताए । ‘हामी पनि सहकारीको ब्याजदर बढोस्, बढ्नुपर्छ भन्ने पक्षमा छैनौं । सकेसम्म सदस्यहरुले सुलभ ब्याजदरमा नै ऋण पाउन् र व्यवसाय गरुन् भन्ने हाम्रो चाहना हो ।

सम्बन्धित सामग्री

सहकारीको ब्याजदर १६ प्रतिशत पुग्यो, ऋण लगानीमा सेवा शुल्क तोकियो

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर परिमार्जन गरेको छ । फागुन १३ गते बसेको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकले गरेको सिफारिसमा फागुन १५ गतेदेखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर वृद्धि भएको सहकारी विभागले जनाएको छ । “सहकारी ऐन, २०७४ को दफा ५१ वमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको  सफारिसमा सहकारी...

‘सहकारीको ब्याजदर बढ्दैन’

भूमि  व्यवस्था  सहकारी  तथा  गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रमा सन्दर्भ ब्याजदर वृद्धि नहुने  बताएकी छन् ।   कर्जाको  ब्याजदर  घटाएर  सदस्यलाई सुविधा दिनुपर्ने उनले बताइन् । हाल  सहकारीको  सन्दर्भ  ब्याजदर  १४.७५  प्रतिशत  रहेको छ।   बजारमा  तरलता  अभावको  सङ्कट  पर्न  थाले  पनि  सहकारी अभियन्ता उक्त सन्दर्भ ब्याजदरलाई कम्तीमा २ प्रतिशत वृद्धि गर्नुपर्ने माग गरिरहेका छन्। नेपाल सहकारी पत्रकार समा...