सञ्चार माध्यमको लोगो दुरुपयोग भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ –प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको लोगो प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण दुष्प्रचारयुक्त, गलत एवं भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि)मा विभिन्न सञ्चार माध्यमको लोगो प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जालबाट […]