प्रतिनिधिसभा निर्वाचन : यी हुन संसद यात्रा गर्ने चिकित्सक

काठमाडौं : मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका करिब २५ जना चिकित्सकमध्ये चार जना मात्रै निर्वाचनमा विजयी भएका छन्। पछिल्लो प्राप्त परिणामअनुसार डा शुनिल शर्मा, डा तोसिमा कार्की, डा शेखर कोइराला र डा सशांक कोइराला मात्र विजयी भएका हुन्। शर्मा र कार्की पहिलोपटक संसद यात्रा गर्दैछन् भने दुवै कोइराला पुरानै अनुहार हुन्। नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहेका डा शर्माले मोरङ–३ बाट विजयी भएका हुन्। उनले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्र