संसद बैठकको पहिलो दृश्य : रवि र ज्ञानेन्द्र छक्क, अरु अक्क न बक्क !

केटाकेटी पहिलो दिन स्कुल पुगेझैं घण्टीवाला सांसदहरु संसदको घण्टी बज्न एक घण्टा अघि नै संसद भवन छिरे । आफूहरुको लागि छुट्याएर बसेको कुर्सीमा फूर्तिका साथ बसे । जुम्लाबाट गलाभरि माला भिरेर आइपुगेका ज्ञानेन्द्र शाही हस्याफस्याङ गर्दै भित्र छिरे । अनि शालिनताका साथ सप्तरीबाट आइपुगे सिके राउत । कैलालीबाट चुनाव जितेका रेशम चौधरीको पार्टीका नयाँ अनुहारहरु यताउता पल्याकपुलक हेर्दै भित्र छिरे । अनलाईन र फेसबुकमा देखेका अनुहार आँखै अघि देखेपछि एक–अर्कातिर फर्किएर मुस्कुराए ।  त्यसपछि आइपुगे माधव नेपाल र प्रचण्ड...