अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को-को पुगे ?

काठमाडौँ- जारी अफ्रिकन कप अफ नेसन्स (एफकोन) को राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराति समुह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो । जसमा समुह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समुह बी बाट केप भर्डे र इजिप्ट, समुह सी बाट सेनेगल र क्यामरुन, समुह डी बाट एंगोला र बुर्किना फासो, सम...

सम्बन्धित सामग्री

अफ्रिकन कप अफ नेसन्समा नामिबियाको ऐतिहासिक जित

३ माघ, काठमाडौं । नामिबियाले अफ्रिकन कप अफ नेसन्स फुटबल प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ । आइभरीकोष्टमा जारी प्रतियोगितामा विश्वकप खेलिसकेको ट्युनिसियालाई नामिबियाले १-० ले स्तब्ध पारेको हो । फिफा वरियतामा ११५औं स्थानमा रहेको नामिबियाले अहिलेसम्म अफ्रिकन कपमा कुनै खेल जितेको थिएन । तर यस पटक ८८औं मिनेटमा डिओन होट्टोले गोल गरेपछि नामिबियाले ऐतिहासिक […]

एक वर्ष पछाडि सर्यो अफ्रिकन कप अफ नेसन्स

काठमाडौं, २० असार । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो तर,अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

अफ्रिकन कप अफ नेसन्स सर्यो

अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले […]

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

लियोनविरुद्ध पिएसजीको सिनियर ११ खेलाडी नहुने

एजेन्सी – फ्रेन्च लिग वानमा आइतबार राति शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो सिनियर ११ खेलाडीविना लियोन भ्रमणमा निस्कने छ । चोट र अन्तर्राष्ट्रिय ड्युटी (अफ्रिकन कप अफ नेसन्स) का कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेल्नुपर्ने भएको हो । एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे […]

अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२३ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जनवरी ९ अर्थात आउने आइतबारदेखि क्यामरुनमा शुरु हुँदैछ । यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ । जसमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । २०२१ को जुनमै तय भएको अफ्रिकन कप क्यामरुनको वर्षाको मौसमलाई छल्न जनवरीमा सारिएको थियो । […]