‘महासचिवमा ६ भोटले हारेको हुँ, योभन्दा तल जान्नँ’

राजकुमार सिग्देल/फणिन्द्र नेपाल (चितवन)नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महामन्त्री वा सोभन्दा माथिको पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवौं महाधिवेशनमा ईश्वर पोख्रेलसँग ६ भोटले महासचिवमा हारेका पाण्डेले योभन्दा तल उम्मेदवारी नदिने रातोपाटीलाई बताए ।विगतमा माधव नेपाल समूहमा रहे पनि एकीकृत समाजवादीमा नलागी एमालेमै रहेका पाण्डे ‘१० भाइ समूह’का नेतासमेत हुन् । तर, अहिले प्यानल बनाउन नपाउने भनिएकाले १० भाइका तर्फबाट सामुहिक उम्मेदवारी घोषणा गर्ने स्थिति छैन । त्यसै