नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभएको छ । पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको शनिबार उद्घाटन गर्दै उहाँले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताउनुभयो । आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने …