भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ । कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ । कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ । 

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।