‘छोडपत्र’ निर्देशन गर्दै दीपा

‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो  । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ

सम्बन्धित सामग्री

दीपाको नयाँ गीत ‘भन कति माया गछौँ मलाई’ सार्वजनिक

गायिका दीपा लामाको नयाँ गीत ‘भन कति माया गर्छाै मलाई’ सार्वजनिक भएको छ । गीतमा गायिका लामालाई उत्तमजंग लिम्बुले स्वरमा साथ दिएका छन् । गीतको भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङको प्रेम र रोमान्स देखाइएको छ । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द बिनोद गुरुङ र संगीत उत्तमजंग लिम्बुको छ । सञ्जय शाहको एरेन्ज रहेको गीतको भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी छ । भिडियोको छायांकन गहेन्द्र शाक्यले गरेका हुन् ।

हेमराज विसीको निर्देशनमा 'छक्का पञ्जा ४' को छायांकन सुरु

काठमाडौं : व्यावसायिक रुपमा सर्वाधिक सफल फ्रेन्चाइज छक्का पञ्जाको चौथो फिल्म बन्ने भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा 'छक्का पञ्जा ४' को घोषणा भएको हो।घोषणासँगै फिल्मको छायांकन पनि सोमबारदेखि नै सुरु भएको छ। छक्का पञ्जा फ्रेन्चाइजको यसअघिका फिल्म दीपाश्री निरौलाले निर्देशन गर्दै आएकोमा चौथो फिल्म भने हेमराज विसीले गर्ने भएका हुन्।फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ।दीपक दीपा समूहको फिल्ममा सुरुद

‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक (भिडियो)

काठमाडौँ– निराजन प्रधान र मिरुना मगर जोडी बाँधिएको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् । राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन् । भिडियोमा […]

‘सरुँ सरुँ’ भन्दै चियाबारीमा निराजन र मिरुना

काठमाडौं, ७ वैशाख । निराजन प्रधान र मिरुना मगरले पहिलो पल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् । राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन् । युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले […]

‘ठगराज’को गीतमा दीपा र प्रताप दासको स्वर

लक्ष्मण सुवेदीको निर्देशन रहने फिल्म ‘ठगराज’ निर्माण सुरु भएको छ । आइतबार काठमाडाैंको एवान स्टुडियोमा फिल्मको गीत ‘माया बसेको रैछ’ रेकर्डिङ गर्दै निर्माण युनिटले फिल्मको काम अगाडि बढाएको हो ।निर्देशक सुवेदीकै शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन्, भने प्रताप दास र दीपा लामाले स्वर दिएकी छन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् ।रंग पत्रकारबाट फिल्म निर्देशनमा फड्को मारेका सुवेदीको ‘ठगराज’ गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको स

थाहै नपाई सरिता र प्रवणको प्रेम

गायिका दीपा कोइरालाको स्वरमा रहेको गीत ‘थाहै नपाई...’को भिडियो सार्वजनिक भएको छ । बालन्द राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । सरिता भारती, प्रवण भुसाल र बिना रानामगरको अभिनय भिडियोमा छ । वियोगान्त भावको यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गरिएको छ ।आफ्नो प्रेमीले आफुलाई धोक दिएर अर्की युवतीसँग प्रेम गरेको कथा गीतको भिडियोले व्यक्त गर्दछ । सुवर्ण कुमार श्रेष्ठले छायाङ्कन, सम्पादन रहेको भिडियोको निर्देशन डब्बु क्षत्रीले गरेका हुन् ।

‘सम्झिनी पानी छम्किनी’ भिडियोमा दीपा र भुवनको रोमान्स

नायक भुवन केसी नेपाली म्युजिक भिडियोमा प्रथम मोडल हुन् । निर्देशक शम्भुजित बाँस्कोटाले निर्देशन गरेको भिडियोमा पहिलो पटक भुवनले अभिनय गरेका थिए । उनै, भुवनले केही हिट गीतका भिडियोमा मोडलिङ पनि गरेका छन् । उनै, नायक केसीले लामो समयपछि ‘सम्झिनी पानी छम्किनी’ बोलको गीतको तीज भर्सनको भिडियोमा मोडलिङ गरेका छन् । नायक केसीले आफूले धेरै […]

डब्बुले ल्याए गजल गीत ‘अँधेरीमा थिएँ म’

गीतकार डब्बु क्षत्रीको नयाँ गजल गीत ‘अँधेरीमा थिएँ म...’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा सुवर्णकुमार, सरिता भारती, दीपा कोइरालाको स्वर रहेको छ । गीतको भिडियोमा भने सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । रामशरण उप्रेतीको छायाँकन रहेको भिडियो सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।प्रेमीसँग छुटाएर अर्काेसँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्याको बाटो रोजेको कथा प्रस्तुत गरिएको भिडियाे डब्बु क्षत्रीले निर्देशन गरेका हुन्

पल शाह अभिनीत ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्रका सफल नायक पल शाह र मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक भएको छ। देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो बायर्न स्टुडियो नेपालको युट्युबबाट सार्वजनिक भएको हो। उक्त गीतलाई नेपाली चलचित्रमा आवाज भरिसकेकी गायिका दीपा लामाको आवाज रहेको छ। युवा संगीतकार प्रकाश लामाको सङ्गीत र फणीन्द्र राईको एरेन्जमेन्ट रहेको यस गीतका रचनाकार विपिन मर्म हुन्।