काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । उसका इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यसपछि न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३&ndas...