काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ ।
आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले देशले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । देशभित्रकै जलस्रोतबाट बिजुली उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जाको क्षेत्रमा ...