मुख्यमन्त्री राईले गरे ‘होल्डिङ सेन्टर’ निरीक्षण

मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगर रानीस्थित विराटनगर जुट मिल हाताभित्र निर्माण भइरहेको ‘होल्डिङ सेन्टर’ निरीक्षण गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेका बेला भारतबाट आउने नागरिकलाई राख्न ‘होल्डिङ सेन्टर’ निर्माण हुँदैछ । मुख्यमन्त्री राईले बिहीवारै रानी नाकामा गएर सीमानाकाबाट हुने आवतजावतबारे चासो राख्दै नाकामा गर्नुपर्ने तयारीका सम्बन्धमा जानकारी लिएका छन् ।