कोरोनाको असर : गड्डाचौकी नाकाबाट दुईजना पर्यटक मात्र भित्रिए

कञ्चनपुर : कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष दुईजना पर्यटक मात्रै भित्रिएका छन्।भारतस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर आएका दुईजना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमा नाका हुँदै भारततर्फ गएका छन्।कोरोनाको दोस्रो लहर सुरु भएपछि सीमा नाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए। उनका अनुसार सन