बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे विजयी

काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन्। विजयी पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ। बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो। 

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित हुनु भएको हो । पाण्डेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याउनु भएको छ । राप्रपाका उम्मेदवार जंग कुमार गिरी २०७ ल्याउँदा स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ …

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा ।  बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

धनगढी- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९ मत ल्याए। थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन्।

कर्ण थापासँग मतान्तर जोगाउँदै बद्री पाण्डे

१७ मंसिर, काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले एमाले उम्मेदवार कर्ण थापासँग  मतान्तर जोगाइरहेका छन् । पाण्डे २ हजार ६४६ मतान्तर मतान्तरसहित अग्र स्थानमा छन् । शनिबार बिहान ८:१५ बजेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस नेता पाण्डे १२ हजार ७०५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत पाएका छन् । […]

बाजुरामा विरासत जोगाउने एमालेको कसरत, कमब्याकको तयारीमा कांग्रेस

बाजुरामा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस सह–महामन्त्री बद्री पाण्डे र एमाले सुदूरपश्चिम सह–इन्चार्ज कर्णबहादुर थापाबीच रोचक भिडन्त हुने देखिन्छ । बाजुराको हिमाली गाउँपालिका–४ का पाण्डे र बुढीगंगा नगरपालिका–९ का थापाबीच व्यक्तित्वको पनि टकराब हुने देखिन्छ । दुई नेताबाहेक बाजुरामा राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।पाण्डेको घर प्रदेशसभा १ र थापाको घर प्रदेशसभा २ नम्बरमा पर्छ । विद

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]

कांग्रेस पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसकाे पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा डा. शेखर काेइराला समूहका बद्री पाण्डे निर्वाचित हुनुभएकाे छ । कांग्रेसकाे निर्वाचन समितिका अनुसार आज शुक्रवार भएकाे मतगणनामा पाण्डे दुई हजार चार सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयाे ।  याेसहित नेपाली कांग्रेसकाे आठ महामन्त्रीमध्ये ६ जनाकाे मत परिणाम आइसकेकाे छ ।

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । भने सहमहामन्त्री पदमा देउवा पक्षबाट समावेशी दलिततर्फ विश्वकर्माले पनि उम्मेदवारी दिएका छन् । सभापति पद र […]