करिश्माको फेसबुक नाम ‘सूर्य कुमारी’

काठमाडौं, ८ वैशाख । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम ‘सूर्य कुमारी’ राखेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा करिश्मा मानन्धरको पछाडी कोष्टमा ‘सूर्य कुमारी’ राखेकी हुन् । केही समयअघि एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।