नबिल बैंक र पाल्पाका ३ गाउँपालिकाबीच सम्झौता

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पा बीच सम्झौता भएको छ । पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेड प्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । नविल बैंक लिमिटेडका नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृती पत्र समेत हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै उहाले आफूलाई ठूला(ठूला कर्जा दिदा भन्दा निम्न वर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउंदा हर्ष लाएको वताए ।  नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको छ ।  

सम्बन्धित सामग्री

नबिल बैंक र बीईईएनबीच सम्झौता

काठमाडौं– नबिल बैंकले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन–प्रोजेक्ट)सँग सम्झौता गरेको छ । इनर्जी इफिसियन्सी इन नेपाल उर्जामैत्री र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित योजना हो । सम्झौतासँगै नबिल बैंक र बीईईएन–प्रोजेक्ट नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत […]

कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गरिनेछ । उक्त  सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गरिनेछ ।उक्त  सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका थिए ।सम्झौताको पहिलो चरणमा डोकोले बैंकम

नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता

काठमाडाैँ- नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता भएको छ। नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो। नबिलका ग्राहकले ओपिडी र आइपीडी सेवा लिँदा यो सुविधा पाउने भएका हुन् । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरका तर्फबाट अनस अब्दुल […]

नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता

काठमाडौं, १२ असोज । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकहरुले OPD र IPD सेवा लिंदा यो सुविधा पाउने भएको हो । बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ […]

नबिल बैंक युएसडीएमा सूचीकरण

नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ ।  जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्स सेवा सम्झौता

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष  रुद्र शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले दक्षिण कोरियाका […]

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटेन्स सम्बन्धी सम्झौता

काठमाडौँ– नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम […]

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुलाई उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ ।यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र […]