प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को लाभांश सुरक्षित गर्ने आज चैत्र २३ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।कम्पनीले बैशाख ११ गते बिरगंजमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; साधारण प्रस्ताव १) आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा-नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री के.जे. एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुन: नियुक्त हुन सक्नेछ) ।४) संचालक समितिबाट प्रस्तावित रु. ४०,८४,११९/ नगद लाभांश पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) । विशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई कम्पनीको हाल कायम रहेको रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० चुक्ता पूजीको ७% बोनस शेयर (कर बाहेक) पारित गर्ने र सो अनुकुल कम्पनीको अधिकृत, जारी र चुक्ता पूजी कायम गर्ने ।२) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूजी रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० बाट बृद्धि गरी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैया' कायम गर्ने सम्बन्धमा । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, ३) विशेष प्रस्ताव नं. १ र २ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने ।४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पारित गर्ने ।

सम्बन्धित सामग्री

नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ ।

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो

लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित आज अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार असार १५ गतेदेखि बुक क्लोज गर्दैछ । लुम्बिनीले असार २९ गते साधारण सभा बोलाएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्दैछ ।&nbs

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० चैत । जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्न शनिबार चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्दैछ । गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसको साधारण सभा चैत […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विभिन्न ३ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पौष १४ गते देखि २८ गते सम्म, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड  र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १४ साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द  गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। मितेरी डेभलपमेन्ट बैंकले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चु...

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।    विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।     महुली लघुवित्...

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]

साधना लघुवित्तको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकोले आज (कात्तिक २ गते) सम्म कायम भएका शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने जनाइएको छ । कम्पनीले पाँचौं वार्षिक साधारण […]