नेदरल्याण्ड र पाेल्याण्डमा राेजगारीकाे प्रलाेभन देखाएर झण्डै ४६ लाख ठगी, दुई जना पक्राउ

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक गरी रकम मागेर सम्पर्क विहीन बनेका थिए । पीडितले वैदेशिक रोजगारीमा दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको सोमबार बर्मालाई पक्राउ गरेको हो । उनले पीडितहरुलाई महिनाको ...