दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै

दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिए