नेकपाको पत्रकार संगठन पनि विभाजित, छुट्टाछुट्टै भेला आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आस्था राख्ने पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल पनि दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्री केपी ओलीको कदमपछि पार्टी राजनीतिक रुपमा विभाजित भएसँगै पत्रकारहरुको संगठन पनि विभाजित भएका हुन् । प्रचण्ड–माधव नेपाल पक्षधर प्रेस संगठनले मंगलबार राजधानीमा भेला राखेको छ भने केपी ओली पक्षधरले बिहीबारका लागि भेला राखेका छन् । दुबै पक्षले आधिकारिक प्रेस संगठन आफू रहेको दावी समेत गर्दै आएको छ ।