‘काेराेनाकाे दाेस्राे लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको छ’

काठमाण्डाै – अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ (काेराेना भाइरस) सङ्क्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको बताउनुभएको छ । सोमवार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थ मन्त्री पौडेलले नेपालमा कोभिड–१९ को सङ्क्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो । जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनु...