नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए-३४ (५-जी) र ग्यालेक्सी ए-५४ (५ जी)को खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएको छ ।  नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोडेलका मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने बैंले जनाएको छ । सामसङ र नबिल बैंकसम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याइएको हो । सामसङ ग्यालेक्सी ए-३४ (५-जी) र ग्यालेक्सी ए-५४ (५ जी) नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो ।