भारतीय र चिनियाँ चोरीका कपडा व्यापक भित्रिरहेको छ

बजारमा टिक्न प्रतिस्पर्धामा खरो उत्रनुपर्छ । नेपाली कपडाले अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगहरू धमाधम बन्द भएका हुन् । राज्यले करोडौं अनुदान दिएर पनि हेटौंडा कपडा उद्योग चल्न सकेको छैन । उद्योग विस्तारका लागि राज्यको प्राथमिकतामा पूर्वाधारको विकास पर्नुपर्छ । श्रम, लगानी, कच्चा पदार्थ र अन्य पूर्वाधार तयार भयो भने मात्र उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढ्छ । तर यथार्थ के छ भने उद्योगीहरूले आयात गर्न धागोको मूल्यमा त अन्य मुलुकमा उत्पादित कपडा नै नेपालमा पाइन्छ । उद्योगीहरूले कच्चा पदार्थको मूल्य बैंकको ब्याज, मजदुरको ज्याला तथा अन्य करहरू तिरेर उत्पादन गरेको कपडाभन्दा भन्सार छलेर ल्याएको कपडा सस्तो पर्छ । (नेपाल कपडा उद्योग संघका अध्यक्ष गोपालप्रसाद क्षेत्रीसँगको कुराकानीबाट) वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

सम्बन्धित सामग्री

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । “यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा …

चिनियाँ र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका छन् । त्यस क्रममा उनीहरुका बीचमा बालीमा भेटवार्ता भएको हो ।त्यस भेटका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि यहाँ दुवै तर्फबा

डोक्लाम क्षेत्रमा फेरि चिनियाँ प्रवेश गरेको भारतीय मिडियाको दाबी

पाँच वर्षअघि भारतीय र चिनियाँ सैनिक आमनेसामने भएको भूटानको डोक्लाम क्षेत्रमा चिनियाँ प्रवेश गरेको आरोप लागेको छ । विभिन्न भारतीय संचारमाध्यमले यस्तो खबर सम्प्रेषण गर्दै आएकोमा पछिल्लोपटक एनडीटीभीले स्याटलाइट इमेजसमेत...

भारतीय मिडिया : चिनियाँ सेनासँग लड्न भारतीय सेनालाई त्रिशूल र बज्र

लद्दाखको गलवान घाटीमा जस्तै चिनियाँ सैनिक र भारतीय सेनाबीच फेरि झडप भए अब भारतीय सैनिक हाबी हुने भन्दै भारतीय मिडियाहरूले सामाचार प्रकाशित गरेका छन् । नोयडाको एक कम्पनीले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा चिनियाँ सैनिकहरूसँग भिड्नका लागि कम घातक तर खतरनाक हतियार बनाएको भारतीय मिडियाहरूले दाबी गर्दै उक्त हतियारले चिनियाँ सैनिकलाई कडा जवाफ दिने बताएका छन् । गत वर्ष चिनियाँ सेना र भारतीय सेनाबीच गलवान घाटी भएको भिडन्तमा भारतका कम्तिमा २० जना सैनिकको मृत्यु भएको थियो । त्यसपछि सुरक्षाबलल

राष्ट्रपतिद्वारा चिनियाँ र भारतीय समकक्षीसँग कोभिड भ्याक्सिनका लागि आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग मौखिक र भारतीय समकक्षीसँग पत्राचारमार्फत कोभिड भ्याक्सिनका लागि आग्रह गरेकी छिन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार उनले चिनियाँ समकक्षी सि जिनपिङसँग झन्डै एक घन्टा फोनवार्ता गरेकी थिइन् भने भारतीय राष्ट्रपति रामनाथ कोबिंदलाई पत्र लेखेर आग्रह गरेकी हुन्। उनले दुवै छिमेकी देशका समकक्षीसँग कोभिड महामारी विरूद्ध एकजुट हुन आब्हान गरेकी छिन्।

नेपाल आउँदै, चिनियाँ भ्याक्सिन लगाउँदै भारतीय नागरिक

काठमाडौं। टेकुस्थित अस्पतालमा भारतीय नागरिक कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन लगाउन लाइन बस्न थालेपछि चिकित्सकहरु छक्क परे। त्यसरी भारतीयलाई नेपालमा भ्याक्सिन लगाउन गलत भएकाले चिकित्सकले त्यो काम गर्न मानेनन्।चिनियाँ भ्याक्सिन लगाएका भारतीयलाई चीन जाने भिसा पाउन सहज हुने हुनाले उनीहरु यता आएका हुन्। चिनियाँ कम्पनीसँग कारोबार गरिरहेका भारतीय व्यापारी चीनमा बनेको भ्याक्सिन लगाउन चाहिरहेका छन्। यसले नेपालमा भ्याक्सिन अभाव हुने देखिएको छ।(बीबीसी)

भारत र चीनबीच फेरि भिडन्त, २० चिनियाँ र चार भारतीय सैनिक घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । सो झडप नाकुला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बीबीसीले जनाएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।

भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड

भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ। भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते…

भारतीय सीमामा पुगेका चिनियाँ सैनिकलाई तत्कालै मुक्त गर्न चीनको आग्रह

शुक्रवार भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ । उक्त सैनिकलाई तत्कालै फिर्ता गर्न चीनले माग गरेको छ ।  पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो ।  भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ ।  आफ्नो एक सैनिक भूलवश सीमाक्षेत्रमा हराएको र भारतमा पुग...