२०२२ पछि पनि एथलेटिकोमै बस्ने सुआरेजको चाहना

स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल गरिसकेका छन् । जारी सिजनमा उनी नै अहिलेसम्म क्लबका सर्वाधिक गोलकर्ता हुन् । यद्यपी, एथलेटिकोमा एन्टोनी ग्रिजम्यान, एन्जेल कोरेरा, जाओ फेलिक्स र माथियुस कुन्हाजस्ता आक्रामक खेलाडी पनि छन् । गत वर्ष एथलेटिकोलाई ला–लिगा जिताउन सुआरेजको प्रदर्शन निकै महत्वपूर्ण रहेको थियो । उनले त्यस सिजन २१ गोल गरेका