अफगानिस्तानमा अफिम उत्पादन ९५ प्रतिशतले घट्यो

तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ।सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका छन् र सन् २०२२ अप्रिलमा अफिम र हेरोइन बनाइने पप्पी बोटको खेतीमा प्रतिबन्ध लगाएका छन्।सन् २०२२ को अन्त्यमा दुई लाख ३३ हजार हेक्टरबाट घटेर सन् २०२३ मा १० हजार आठ सय हेक्टरमा पप्पीको खेतीमा करिब ९५ प्रतिशत कमी आएको रा