स्थानीय तह निर्वाचनबारे आयोगका पदाधिकारीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार छलफल प्रधानमन्त्री निवास...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा भन्छन्ः जेठ ४ मा सबै स्थानीय तहको निर्वाचन हुन्छ

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ मा स्थानीय तह निर्वाचन हुने बताएका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरूसँगको भेटमा जेठ ४ मा नै स्थानीय तहको निर्वाचन हुने बताएका हुन्। सोमबार साँझ बागमती प्रदेश सभापति इन्द्र बानियाँ नेतृत्वको प्रदेश कार्यसमितिका पदाधिकारीहरूसँगको भेटमा देउवाले जेठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको बताएका हुन्।

जेठ भित्र स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि सरकारलाई सुझाव दिएको छ । आज २ चरणमा बसेको बैठकले जेठ भित्रमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीयको मिति तोक्ने मन्त्री कार्कीले बताए । निर्वाचन कति चरणमा गर्ने भन्ने विषय सरकारले आयोगसँग परामर्श गरेर टुंगो लगाउने उनले बताए । त्यस्तै यदि ऐन संशोधन गर्नु पर्ने भए सो को लागि पनि प्रक्रिया अगाडी बढाउन बैठकले सुझाव दिएको छ। हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज २ चरणमा गठबन्धनको बैठक बसेको हो । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न देउवालाई दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । बैशाखमा  चुनाव नहुँदा स्थानीय तह जनप्रतिनिधिबिहिन हुने भएकोले आयोगले तत्काल चुनावको मिति तोक्न दबाब दिईरहेको छ  । यसरि चौतर्फी दबाबमा रहेको बेला सत्ता गठबन्धनको बैठकले जेठ भित्र नै निर्वाचन सक्न सुझाव दिएको हो।

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने भन्दै आयोगले आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरिएको आयोगद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राजनीतिक दलले नै स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेतर्फ जोड दिँदै आयोग पूर्ण तयारी अवस्थामा रहनुपर्ने र सरकारसँग समयमै निर्वाचन गर्न सम्पर्कमा रही मिति तोक्न सिफारिस गर्नेलगायतका विविध सुझाव प्राप्त भएको विषय स्मरण गराएको छ । आयोगका पदाधिकारी र १६ राजनीतिक दलका प्रतिनिधिबीच गत पुस ३० गते स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा गरिएका पूर्व तयारीका कार्य र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकारसमक्ष परामर्श दिने सम्बन्धमा बैठकमा उक्त सुझाव दिइएको थियो । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्य निरन्तर गरिरहेको जानकारी दिएको छ । आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकामा पहिलो चरणलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने आयोगले स्पष्ट गरेको छ ।      स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलोपटक गत कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारेमा जानकारी गराएका थिए ।      दोस्रोपटक पुस ९ गते पुनः भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधिसम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराई आगामी वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण वैशाख २२ गते बिहीवार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्तावसमेत गरेको थियो । रासस

स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनको कानुनका जानकारसँग बालुवाटारमा छलफल जारी

काठमाडौँ – स्थानीय तहको चुनाव सार्ने उद्देश्यसहित सत्ता गठबन्धनमा आबद्ध दलहरुले कानुनका जानकारहरुसँग छलफल गरिरहेका छन्। बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरुले चुनावबारे परामर्श गरेका हुन्। स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई […]