पत्रकारलाई दुर्गा प्रसाईको धम्की

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्त