उच्च सतर्कता र खोप नै एक मात्र विकल्प

एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमणको तेस्रो लहर आइसकेको संकेत मिलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा यसको पुष्टि गरेपछि अबका दिन केही बढी नै संक्रामक हुने देखिएको छ । देशभर गरिएको दुइखाले परीक्षणबाट यो परिणाम देखिएको हो । पीसीआर परीक्षणमार्फत कुल ८ हजार […] The post उच्च सतर्कता र खोप नै एक मात्र विकल्प appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि रुपैडिया क्षेत्रमा उच्च सतर्कता

भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।  हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । “दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण

कोरोना रोकथामका लागि उच्च सतर्कता

मुगु । कोरोनाको प्रभाव दिन–प्रतिदिन बढ्दै गएपछि हिमाली जिल्ला मुगुका स्थानीय तहहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्म उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्ध मोडर्नाको पहिलो मात्रा खोप लगाइएको छ । दोस्रो मात्राका लागि पनि आवश्यक तयारी भइरहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । जिल्ला भित्रिनेहरुबाट संक्रमण फैलन सक्ने […]

जिन सिक्वेन्सिङ गरिएका सबै २४ नमुनामा ओमिक्रोन पुष्टि

ओमिक्रोन संक्रमण बढेपछि सिसिएमसीको बैठक : अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्न र खोप अभियानलाई तीव्र पार्न प्रधानमन्त्री देउवाको निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले ओमिक्रोन फैलिएसँगै जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन मातहतका...

सङ्क्रमण बढे स्मार्ट लकडाउन, बुष्टर खोप अघि बढाउने अनुमति

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले यसको सङ्क्

ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान

कोरोना भाइरस संक्रमणको अर्को उत्परिवर्तन (ओमिक्रोन) भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ ।पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा परेको वीरगन्जमा अहिलेको नयाँ उत्परिवर्तन ओमिक्रोनको जोखिमबाट जोगिनका लागि सीमामा उच्च सतर्कता अपनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सीमा नाकामा भारतबाट आउनेको परीक्षणको व्यावस्था गरिनुका […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन ब्ल्युएचओले दियो सुझाव

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता फैलिएसँगै नेपाल लगायत दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण– पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा […]

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

मंसिर १२, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण पूर्वी एशियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण- पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड- १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न शतप्रतिशत प्रयास दिन जरुरी रहेको  उल्लेख गरिन् । विज्ञप्तीमा दक्षिण- पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । साथै उसले सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ । जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड- १९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुने विज्ञप्तिमा उल्लेख छ । उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् ।डब्लूएचओले यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका पनि बताएको छ ।

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच

'ओमिक्रोन' भेरियन्ट : उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ । नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–स...