विदेशी नागरिक फर्काउन चार्टर्ड उडान

अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न आइतबार चार्टर्ड उडान गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं–दोहा हुँदै अमेरिकाको उडान भएको हो ।कतार एयरवेजमार्फत आइतबार राति ८ः४५ बजेको उडानबाट २ सय १० अमेरिकी नागरिकसहित ४४ जना युरोपियन नागरिक स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यसरी स्वदेश फिर्ता हुनेमा पर्यटक र कूटनीतिक नियोगका […]

सम्बन्धित सामग्री

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् । पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।