एजेन्सी। अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन सुरु भएको छ। कोरोनाको डेल्टा भेरियन्टको महामारी फैलिएसँगै लकडाउन गरिएको अधिकारीहरुले बताएका छन्। अहिले घोषणा गरिएको लकडाउन अघिल्लोपटक कडाइ गरिने बताइएको छ। शनिबार बिहान ६ बजेदेखि सुरु भएको लकडाउन आगामी ९ तारिखको मध्यरातसम्म कायम रहनेछ।