किन्डरगार्डेनका शिक्षकले २३ बच्चालाई दिए विष

मध्य चीनको हेनान प्रान्तका एक किन्डरगार्डेनका शिक्षकले २३ बच्चालाई विष खान दिएको खुलासा भएको छ । आरोपी शिक्षक वाङलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार यो घटना मार्च २५ को हो । वाङले बच्चालाई भोजनमा विषालु सोडियम नाइट्राइट दिएका थिए । विषयुक्त खानाको सेवनपछि बिरामी भएका धेरैजसो बालबालिका अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ७ को अभैm उपचार भइरहेको छ । सोडियम नाइट्राइट मासु तथा माछा उत्पादनमा प्रयोग हुने खाद्य पदार्थ हो ।

सम्बन्धित सामग्री

भारती मानन्धरले  विष खाइन्!

काठमाडौँ : बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष खाएकी भनेर सार्वजनिक भएको छ।आज मंगलबार साँझ उनले विष खाएको जनाएको छ। उनको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको छ। विष खाएको सार्वजनिक भए पनि यकिन के खाएको अझै खुलेको छैन। कतिपयले औषधिको ओभरडोजले त्यस्तो भएको बताएका छन् । किन यस्ताे गरेकी हुन् भन्ने यकिन नभएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विष खुवाएर छोरीको हत्या प्रयास

साथीको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै सुनसरीमा एक बाबुले आफ्नै युवती छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन् । इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका– २ का ५०...

विष सेवनबाट एक जना पुरुषको मृत्यु

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले ...

बम, विष र करेन्टले माछा लोप हुँदै

चौतारा : सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ।जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा मार्न नपाइने गरी बन्देज लगाइएको छ। बम, विष र करेन्ट प्रयोग नगर्न प्रशासनले ठाउँठाउँमा होर्डिङ बोर्ड राखी कारबाही गर्ने चेतावनी दिएको पनि पाइन्छ तर न माछा मार्ने काम रोकिएको छ, न त कुनै कारबाही नै।केही वर्षदेखि माछा मार्न १२ भोल्टको ब्याट्री प्रयोग गर्ने गरेकाले सबै किसिमका जलचर प्राणी सखाप

रामकोटमा एकै परिवारको विष प्रकरणः सुसाइड नोटमा के थियो ?

काठमाडौं, २५ फागुन । रामकोटमा एकै परिवारका पाँच सदस्यले आर्थिक संकटका कारण विष पिएको खुलेको छ । चरम आर्थिक संकटको सामना गर्न नसकेपछि भीम प्रधान र मन्दिरा प्रधानले सरसल्लाहले आफू पनि विष पिएर परिवारका सदस्यलाई समेत पिलाएको खुलेको हो । २४ फागुनमा विष पिएका उनीहरुले २० फागुनमै सुसाइड नोट लेखेको प्रहरीले पत्ता लगाएको छ । […]

ऋण तिर्न नसकेपछि विष सेवन

काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । […] The post ऋण तिर्न नसकेपछि विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको रामकोटमा परिवारका ५ सदस्यले विष खाए, १ जनाको मृत्यु *

काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष खाएका छन् । विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअ

कोरोना महामारीमा विष सेवन गर्ने बढे

काभ्रेपलाञ्चोक। जिल्लामा दोस्रो लहरको कोरोना महामारीको समयमा विष सेवन गर्नेको संख्या बढेको पाइएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा निषेधाज्ञाको समय मानसीक रुपमा कमजोर व्यक्तिले विष सेवन गरेको पाइएको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन्। उनकाअनुसार अस्पतालमा वार्षिक रुपमा ४ देखि ५ जना मात्र विष सेवन गर्ने बिरामी भर्ना हुने गर्थे। तर निषेधाज्ञाको समयमा भने विष सेवन गरेका२०जनाको उपचार गरिएको उनले जनाइन्।

उपचार खर्च नभएर विष खाएर आत्महत्या प्रयास

सिरहामा उपचार गर्ने खर्च नभएर एक पुरुषले विष खाएर आत्महत्या प्रयास गरेका छन्

विष पिएर गयो तीन आमाछोरीको ज्यान

विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए।  डीएसपी लामाका अनुसार उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो।  अन्नपूर्ण पोस्टमा खबर छ ।