म्युजिक भिडियोका राम्रो निर्देशक हुन् निकेश खड्का । भिडियोले उनलाई भ्याइनभ्याइ छ । तर पनि बेलाबेलामा उनी फिल्म निर्देशन गर्दै आएका छन् । कारण राम्रो फिल्म बनाएर सफल निर्देशक बन्ने सपना जो छ उनमा । ‘जिन्दगी रक्स’ फिल्मबाट निर्देशनमा होमिएका खड्काले दोस्रो फिल्मको रूपमा ‘फटेको जुत्ता’ गरे । यी दुवै फिल्मबाट उनले न त दर्शक रिजाउन सके, न आफू सन्तुष्ट हुुन नै । त्यसैले पनि उनले अहिले ‘चपली हाइट ३’ बनाएका छन् । फिल्म आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ । ‘चपली ह