विश्वकप क्रिकेट २०१९ : यस्ता छन् सेमिफाइनल पुग्ने चार टिम :: Pahilopost.com

काठमाडौं: इङ्ल्यान्ड र वेल्समा १२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट २०१९ मा अपेक्षाअनुसार र ठूला चार टिम सेमिफाइनल पुगेका छन्। विश्वकै उत्कृष्ट १० टिमबीच राउन्ड रोविन लिगमा प्रतिस्पर्धा भएपछि भारत, अष्ट्रेलिया, इङ्ल्यान्ड र न्यूजिल्याण्डले अन्तिम चारमा स्थान बनाएका हुन्। लिगमा कूल ४५ खेलपछि बाँकी ६ टिम भने बाहिरिएका छन्। उपाधि दाबेदार

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोलीले कसरी पाउँछ टेस्ट मान्यता ? यस्ता छन् मापदण्ड

टेस्ट मान्यता पाउन आईसीसीले कुनै स्पष्ट मापदण्ड नतोके पनि केही मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ । कुनै पनि टोलीले गर्ने प्रदर्शनका आधारमा आईसीसीले टेस्ट मान्यता दिने गर्छ ।

यस्ता छन्  ग्लोबल छनोटका १० राष्ट्र

प्रत्येक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन्, सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन्  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय...

यस्ता छन् क्यानको साधारण सभाका निर्णयहरु

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ । सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला संघहरु बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको

क्यानले भन्याे– ‘म्याच फिक्सिङकाे जानकारी भए उजुरी गर्नुस्’

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।  आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे छ । यसबारेमा क्यानकाे केन्द्रीय कार्यालय वा अहिले चलिरहेकाे नेपाल टी–२० लिगकाे एन्टी करपशन युनि...

टि२० विश्वकपका ६ उत्कृष्ट क्षण

क्रिकेट अनिश्चितताको खेल हो । एक बल वा एक रनले पनि हार र जित निर्धारण हुन्छ । खेलको क्रममा कहिलेकाहीँ यस्ता घटना हुन्छन् जुन पत्याउन मुस्किल पर्छ । त्यस्ता क्षणले खेलमा झनै रोमान्चक थप्छ । त्यसैले अन्तिम बल र विकेट अघि क्रिकेटमा केहि भन्न सकिदैन । क्रिकेटमा थुप्रै अप्रत्याशित र अविष्मरणीय क्षण छन् । जसले […]

अब बदलिएको नियममा खेलिनेछ टी-२० विश्वकप, यस्ता छन् नियम

काठमाडाैँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बाेर्ड बैठकले मंगलबार क्रिकेट नियम बदल्ने प्रस्तावलाई स्वीकृत प्रदान गरेको छ। आइसिसीले विभिन्न नियमहरू परिवर्तन गर्ने निर्णय गरेको हो। जसमा कोरोनाकालमा लगाएका केही अस्थायी नियमहरूलाई अब सधैँका लगि कार्यान्वयन गरिने भएको छ। शौरव गांगुलीको अध्यक्षतामा बसेको बैठकले मेरिलोबन क्रिकेट क्लब (एमसीसी)ले नियम परिवर्तनका लागि प्रस्ताव गरेका नियमहरूलाई कार्यान्वयनमा आगामी […]

आत्मा मरेको नेपाल क्रिकेट टिम

१६ भदौ, काठमाडौं । क्रिकेटलाई सम्भावनाको खेल पनि भनिन्छ । यसको अर्थ क्रिकेट त्यस्तो खेल हो जहाँ असम्भव केहि छैन । सन् २०१८ मा नेपालले क्यानडालाई पराजित गरी एकदिवसीय मान्यता पाउँदाको क्षण यसको उत्कृष्ट उदाहरण थियो । यस्ता धेरै खेलहरुमा अविश्वसनीय प्रदर्शन गरेरै नेपाल क्रिकेटले यहाँसम्मको यात्रा तय गरेको हो । सन् २०१३ को नोभेम्बरमा […]

क्रिकेट खेलाडीको वर्गीकरणसहित यस्ता छन् क्यानको ७ निर्णय

नेपाल क्रिकेट संघ (क्यान) को बैठकले क्रिकेट खेलाडीहरुको वर्गीकरणसहित विभिन्न ७ वटा निर्णय गरेको छ । बिहीबार सम्पन्न संघको बैठकले पुरुष र महिलातर्फका क्रिकेट खेलाडीहरुको वर्गीकरण गर्ने निर्णय गरेको हो।  जसअनुसार सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी तथा महिलातर्फ रुबिना क्षत्री, सीता राना मगर, इन्दु शर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड ए खेलाडी बनेका छन् । अन्य खेलाडीलाई बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ । ग्रेडिङ भएका उनीहरुलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय क्या...

अब १४ टिमले एकदिवसीय क्रिकेट विश्वकप खेल्ने, टी २० मा २० टिम

२०२७ को पुरुष एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बोर्ड बैठकले यस प्रतियोगितामा सहभागी टोलीहरुको संख्या बढाउने निर्णय गरेको हो । आईसीसीले २०२३ देखि २०३१ सम्मका लागि सार्वजनिक गरेको नयाँ क्यालेन्डरमा यस्ता धेरै हेरफेर देखिएको छ । जसअन्तर्गत प्रत्येक दुई वर्षमा आयोजना हुने टी २० विश्वकपमा पनि २० टोली सहभागी हुनेछन् । त्यसैगरी ५० ओभरको च्याम्पियन्स ट्रफी पनि फेरि सञ्चालन हुनेछ । पछिल्लोपटक २०१७ मा आयोजना भएको च्याम्पियन्स अब

पीएम कप पुरुष क्रिकेट आजदेखि, यस्ता छन् १० टिम

२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानले जनाएको छ । क्यानले प्रतियोगिताको एकदिन अघि बिहीबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पूरा भएको […]