सेप्टेम्बरसम्म भैरहवाबाट चार कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने
भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सेप्टेम्बरसम्म विभिन्न चार विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी थालेका छन् । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले दैनिक तीनवटा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा...
१० माघ, बुटवल । खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् […]
कोभिड महामारी कम हुँदै गएसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले रोकिएका अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको छ । १ अप्रिलदेखि काठमाडौंबाट जापानको नारितामा साताको दुई उडान गर्न लागेको निगमले जनाएको छ । अहिले...
काठमाडौं : कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ। सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ। आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।जनस्वास्थ्यका मापदण्डको पूर्ण प
सरकारले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि लम्ब्याएको हो ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल–भारतबीचको दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द हुने एक सूचनामार्फत जनाएको छ ।
नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप यी देशमा भने सातामा दुई उडान हुने प्राधिकरणको भनाइ छ ।
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोक्ने निर्णय भएको छ। मन्त्रालयमा आज भएको छलफलले अन्तर्राष्ट्रिय उडान तत्काल नखोल्ने निर्णय गरेको हो। यद्यपि यस अवधिमा नेपाल–भारत उडान भने निरन्तर रहनेछ। वैशाख २२ गते रातीदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।
मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...