लागु औषध मुद्दामा १३ महिना कैद तोकिएका फरार प्रतिवादी पक्राउ

लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो । साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भ

सम्बन्धित सामग्री

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

उदयपुर । लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई आज प्रहरीले उदयपुरको बेलका नगरपालिका ४ विज्ञानटोलबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार पक्राउ पर्नेमा बेलका नपन ४का धन बहादुर माझीको छोरा वर्ष ३० को कान्छा भन्ने दान बहादुर माझी रहेका छन् । सूचना अधिकारी चौधरीका […]

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्दामा ६ महिना कैद सजाय फैसला भएका बस्नेत फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटी गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।...

पुजारीलाई गोली हानेर भागेकासहित २ जना फरार प्रतिवादी पक्राउ

रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर भागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका–१ करुनिय घर भएका मोहमद कासिम उर्फ शेख विकाउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुँवरले रातोपाटीलाई बताए ।२०७७ भदौ ३ मा ६५ वर्षीया पुजारी श्रीराम शाहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । दुई वर्षपछि पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । त्यस्तै, लागु औषध मुद्दामा फरार रौतहटको यमुना

लागु औषध तथा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध तथा हातहतियार मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी २५ वर्षीय निनो श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले  आफू बस्ने कोठामा लागु औषध लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा निजको कोठामा गई खानतलासी लिँदा विभिन्न किसिमका लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।कोठाको दराज भित्र लुकाइराखेको अवस्थामा दुई लिटरको लेखिएको नुफिन १३४ एम्पुल, फेनेरागन लेखिएको दुई लिटरको १३६ एम्पुल, डाइजेपाम लेखेको दुई

१८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

मकवानपुरको हेटौंडा उप महानगरपालिका–११ बाट प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट १८ दिन कैद सजायको फैसला तोकिएका ३० वर्षीय श्रीकृष्ण सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए । हेटौंडा उपमहागरपालिका–११ घर भएका सुवेदीलाई अदालतले १८ दिन कैद र २ हजार जरिवाना हुने फैसला गरेको थियो ।गाँजा मुद्दामा अदालतले कैद र जरिवाना तोकेपछि उनी फरार भएका थिए । सुवेदीलाई प्रहरीले अदालतमा उपस

२८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सेतीखोलाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८ चुहाडे घर भएका ६६ वर्षीय पूर्ण बहादुर विष्टलाई पक्राउ गरेको हो ।विष्टलाई जिल्ला अदालत उदयपुरले लागु औषध गाँजा मुद्दामा २ हजार जरिवाना र २८ दिन कैद सजाय हुने फैसला गरेको थियो । बुधवार पक्राउ गरेर विष्टलाई अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।