पानीको बोतलमा पनि ओलीको फोटो

नेकपा एमालेको विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गाेदावरी मिनरल वाटर प्राेडक्ट कम्पनीले उत्पादन गरेकाे १ लिटरकाे पानीको बाेतलमा साे तस्बिर राखिएको छ ।प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान