पर्सा – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित भएका हुन् । दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद, जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भए । […]