गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ […]