पोखरामा अवैध लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । पोखरा–११ तुलसी मार्गमा चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको टोलीले अपाचे मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन्