बस दुर्घटना अपडेट : घाइते २४ मध्ये १५ को अवस्था गम्भीर

काठमाडौं: भैरहवा नजिकै रोहिणी खोला बस दुर्घटनामा घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक रात्रीकालिन बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेका रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।हुलाकी राजमार्ग अन्तरगत रोहिणी खोलामा बस खस्यो, ९ जनाको मृत्युदुर्घटनामा परि घाइते मध्ये  १५ जनाक

सम्बन्धित सामग्री

बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो

काभ्रेपलाञ्चोक, २७ मङ्सिर (रासस) : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् ।  गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।  बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो

बारा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको संख्या १५ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन्। चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो।दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

मकवानपुर– पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी […]

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

रामेछाप बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्य ९ पुग्यो, २३ जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न. को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको […]

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभा- संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब […]

मलामी बोकेको बस दुर्घटना अपडेट : घुम्तीमा मोडिन नसक्दा खस्यो [तस्वीरहरू]

बुटवलबाट पाल्पाको रिडीतर्फ गइरहेको मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना भएको हो । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । बसमा ३५ सवार थिए ।  घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

पाल्पा बस दुर्घटना अपडेट, सात जनाको मृत्यु, उद्धार जारी

पाल्पा : आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए। बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले प