नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]